site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य उपचारमा नेपालीको ५७ प्रतिशत खर्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । महंगो स्वास्थ्य उपचारका कारण प्रत्येक वर्ष झन्डै पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने गरेकोे अध्ययनले देखाएको छ ।

स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्य र युनिभर्सल हेल्थ कभरेजबारे विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक गरेको दक्षिणपूर्वी एसिया स्तरीय अध्ययनमा यस्तो तथ्यांक देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सो अध्ययनअनुसार स्वास्थ सेवा प्राप्त गर्न हुने उच्च खर्चका कारण प्रत्येक वर्ष करिब पाँच लाख नेपाली गरिबीको रेखामुनि पुग्ने गरेको उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य उपचारमा प्रत्येक नागरिकको व्यक्तिगत खर्च ५७.२ प्रतिशत हुने गरेको छ । नेपाल जस्तो न्यून आय भएको मुलुकमा सरकारले प्रतिव्यक्ति ८६ अमेरिकी डलर हुनुपर्ने अध्ययनहरूले देखाएका छन् ।

Global Ime bank

तर, अहिले प्रतिव्यक्ति २० अमेरिकी डलर मात्रै सरकारले खर्च गरिरहेको पनि मन्त्रालयको तथ्यांक छ । मन्त्रालयले तयार पारेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०–२०९०)मा राज्यले उपयुक्त सामाजिक स्वास्थ्य सुरक्षाका उपायमार्फत स्वास्थ्यमा हुने व्यक्तिगत खर्च कम गराउनसक्ने उल्लेख छ ।

तीन तहका सरकारको समन्वयमार्फत स्वास्थ्यमा अपेक्षाकृत फल प्राप्तिका प्रभावकारीतामा आधारित लगानी गर्नु आवश्यक रहेको पनि सोही रणनीतिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement