site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले थप दुई बन्धकलाई गर्‍यो रिहा

तेल अभिभ । इजरायल–हमासबीच जारी युद्धका बीच लडाकु समूह हमासले मंगलबार थप दुई बन्धकलाई रिहा गरेको दी टाइम्स अफ इजरायलले जनाएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज छन् ।

मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकोप्टर तेल अभिभमा इचिलोभ अस्पतालको छतमा अवतरण गरेको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दी टाइम्स अफ इजरायलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै मेडिकल सेन्टरमा पुर्‍याइएका दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ ।

नर्सका अनुसार दुवै बन्धकको आफ्नो परिवारसँग भावनात्मक पुनर्मिलन भयो । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए, तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुनसक्छ ।

यसअघि, हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो । जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यलाई सुम्पँदै गरेको देखाइएको थियो ।

भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीको हात समातेर अस्थिर रूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीले उनीहरूलाई नास्ता र पेयपदार्थ पनि दिइरहेका हुन्छन् । दी टाइम्स अफ इजरायलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाइको स्वागत गरेको र बाँकीको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएका छन् । अझै २०० जना बन्धक रहेको बताइएको छ ।

सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ । रासस/एएनआई

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro