site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नौबुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए सम्मेलन (पूर्णपाठसहित)
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नौबुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । गत बिहीबार काठमाडौंमा सुरु भएको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू, पदाधिकारीहरूसँगै संसारभरका ५९ मुलुकका ४ हजार २२७ प्रतिनिधि भौतिक र अनलाइनमार्फत् सहभागी भएका थिए ।

संघको महाधिवेसनले डा. बद्री केसीको अध्यक्षतामा ७४ जना पदाधिकारी रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अनलाइन र प्रत्यक्षरुपमा भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी आरके शर्मा र महेशकुमार श्रेष्ठ पराजित भएका थिए । पराजित तथा असन्तुष्टहरूको समूहले बेग्लै कार्यसमिति घोषणा गरेको छ ।

Agni Group

महाधिवेशनले महासचिव गौरीराज जोशीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष फणीन्द्र पन्तद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ । 

सम्मेलनले नागरिकता प्राप्तिको प्रक्रियालाई सहज र सरल बनाउन नेपाल सरकारसमक्ष अनुरोध गरेको छ । श्रम सम्झौता भएका मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न पनि माग गरेको छ । 

Global Ime bank

सम्मेलनले राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान तथा विश्वविद्यालयहरूसँग सहकार्य गरी राष्ट्रिय नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।  

सम्मेलनले बहुसंख्यक नेपालीको उपस्थिति रहेका अफ्रिकी मुलुकहरू, दक्षिण अमेरिका, इराक लगायत क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको समस्या सम्बोधनका लागि पहल गर्न गन्तब्य मुलुकमा दूतावास तथा कन्सुलर  सेवा स्थापना गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
 
घोषणापत्रको पूर्णपाठ : 

११ औं  गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौं घोषणा पत्र–२०२३
 “नेपालीका लागि नेपाली” भन्ने मूल नारा र “ज्ञान र रुपान्तरण समृद्धिको आधार” भन्ने विषयमा केन्द्रित गैरआवासीय नेपाली विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा सम्पन्न भएको छ । 

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको सम्मेलनमा माननीय परराष्ट्रमन्त्री एनपी साउद, माननीय मन्त्रीहरू, महामहिम राजदूतहरू, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष लगायत व्यवसायिक संघसंस्थाकाअध्यक्षहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरू, अग्रज तथा अभियन्ताहरु एवं संसारभरिका ५९ मुलुकका ४ हजार  २ सय २७  प्रतिनिधिहरु भौतिक  र अनलाइनमार्फत उपस्थित हुनु भयो । 

सो सम्मेलनलाई सफल रुपमा सम्पन्न गर्नको लागि  सहयोग गर्ने विभिन्न राजनीतिक दल, विज्ञहरू, संघसंस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित काठमाडौं घोषणापत्र जारी गर्दछ ।

१. नेपालको संविधान २०७२ को संविधानतः गैरआवासीय नेपाली नागरिकताको प्रावधान लागू गरेकोप्रति सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार, प्रतिनिधिसभा, राष्ट्रियसभा लगायत सम्बन्धित सरोकारवाला सबै प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ । साथै नागरिकता प्राप्तिको प्रकृयालाई सहज र सरल बनाउन नेपाल सरकार समक्ष अनुरोध गरिन्छ । 


२. विदेशमा बस्ने नेपाली नागरिकहरुलाई मताधिकारको व्यवस्था भइसकेको अवस्थामा  त्यसको कार्यान्वयनका लागि हाल बनिरहेको आवश्यक ऐन, कानून निर्माण कार्यलाई तीव्रता दिनुका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीहरुले सम्बन्धित देशस्थित नेपाली कूटनीतिक नियोगहरुमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवं राष्ट्रिय परिचयपत्र  समेत बनाउन सक्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकार, निर्वाचन आयोग लगायत सम्बद्ध निकायहरुलाई संघ हार्दिक आग्रह गर्दछ ।

३. वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका  बढी भन्दा बढी नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग हाल जारी सहकार्यलाई थप अघि बढाउन प्रतिबद्ध छ । यसका साथै, गैरआवासीय नेपाली एवं विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले विदेशबाट पठाएको विप्रेषणलाई उपभोगमुखीभन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै सामूहिक लगानीको योजनामार्फत राष्ट्र विकासमा योगदान गर्नका लागि ठोस योजना यथाशक्य छिटो ल्याउन संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।
  
४. वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष तथा तालिम प्राप्त जनशक्ति मात्र विदेशमा पठाउने, थप नयाँ गन्तव्य मुलुक पहिचान गरेर उक्त देशको परिवेश अनुसार सचेतनात्मक सूचना प्रवाह गर्ने  तथा श्रम सम्झौता भएको मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसंग श्रम सम्झौता गर्न संघ अनुरोध गर्दछ ।

५.  विज्ञान तथा प्रविधि क्षेत्रमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै तिनमा संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । 

६. विश्व ज्ञान सम्मेलनको निष्कर्ष अनुसार नेपाल सरकारका सबै तह तथा निजी क्षेत्रलाई आफ्नो बजेटको कम्तीमा १ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च गर्न, त्यस्तो रकमलाई कर छुट सम्मेलन आह्वान गर्दछ।  त्यसै गरी नेपाल सरकार, निजी क्षेत्र तथा एनआरएनए समेतको सहभागितामा एउटा सामूहिक कोष खडा गरी  सबै पक्षको सहभागितामा एउटा संचालक समिति समेत गठन गर्ने व्यवस्था मिलाउन  यो सम्मेलन आग्रह गर्दछ । साथै, यो सम्मेलन राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान तथा विश्वविद्यालयहरुसँग  सहकार्य गरी राष्ट्रिय नीति निर्माणमा सक्रिय भूमिका निेर्वाह गर्न आग्रह गर्दछ । विश्व ज्ञान सम्मेलनका निस्कर्षहरु कार्यान्वयन गर्न एउटा कार्यदल बनाउन पनि नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ ।

७. गैरआवासीय नेपाली संघको अभियान मार्फत महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गर्नुका साथै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपाल र नेपाली भाषा तथा संस्कृतिसँग जोड्ने किसिमका योजना निर्माण तथा कार्यान्वयनका लागि संघ नेपाल सरकारसंग अनुरोध गर्दछ ।

८. बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेका अफ्रिकी मुलुकहरु, दक्षिण अमेरिका, इराकलगायतका क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि पहल गर्न गन्तब्य मुलुकमा दूतावास तथा कन्सुलर  सेवा स्थापना गराउन संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

९. आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गर्दै यो सम्मेलनलाई सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकार, विभिन्न राजनैतिक दलहरु, प्रायोजकहरु, संघका अग्रज तथा अभियन्ताहरु, संचारकर्मी लगायत सरोकारवालाहरु प्रतिसंघ हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।

२२ अक्टोबर २०२३, आइतबार
काठमाडौं, नेपाल ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu