site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इजरायलबाट बिहान ९ बजे शव विमानस्थल ल्याइपुर्‍याइँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ ।

शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ ।

नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

Global Ime bank

काठमाडौं आइपुगेलगत्तै शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय