site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर
फाइल तस्बिर ।

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउन यो वर्ष सटल बस राख्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा उनले यस्तो बताएका हुन् ।

जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्ट आफूले बन्द गराएको उनले बताए । कन्सर्ट बन्द गरिँदा चिडियाखानाका वन्यजन्तु आरामसाथ निदाउन पाएको उनले उल्लेख गरे ।

उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

“यसपटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि, जावलाखेलको चिडियाघरभन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो मध्यरातसम्म, बाघभालुलाई सुत्नै डिस्टर्ब हुने गरी । तसर्थ, मैले त्यो बन्द गरिदिएँ,” उनले भने, “अहिले बाघभालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरू छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।”

मेयर महर्जनले ललितपुर महानगरलाई आउँदो दुई वर्षभित्र नमुनास्तरको बनाइने पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro