site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धादिङमा आपसी विवादमा धारिलो हतियार प्रहार, एकजना घाइते
सांकेतिक तस्बिर ।

काठमाडौं । धादिङमा मादक पदार्थ सेवन (मापसे) गरी विवाद भएको छ ।  बिहीबार राति विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको छ । 

विवादपछि नीलकण्ठ नगरपालिका–१२, दामगाडेस्थितमा ज्याला मजदुरीको काम गर्ने खनियाबास गाउँपालिका–३ का ४४ वर्षीय रामबहादुर तामाङमाथि हतियार प्रहार भएको हो । 

गंगाजमुना गाउँपालिका–४ का ४१ वर्षीय पूर्णबहादुर गुरुङले धारिलो हतियार चक्कु प्रहार गरेको धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । उनका अनुसार मापसे गरी आपसमा विवाद हुँदा चक्कु प्रहार भएको हो । 

चक्कु प्रहारबाट तामाङ घाइते भएका छन् । घाइते भएका उनको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपश्चात काठमाडौं पठाइएको छ ।

उनको पेट, खुट्टा र हातमा चोट लागेको छ । प्रहरीले चक्कुसहित गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro