site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शून्य मतपछि एनआरएनएको निर्वाचन समितिले भन्यो– सत्यतथ्य बाहिर ल्याउँछौँ

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनएको) चुनावमा धाँधली भएको भन्दै विरोध भएको छ । बुधबार रातिदेखि अनलाइनबाट र बिहीबार काठमाडौमा भौतिकरूपमा भएको मतदानमा धोकाधडी भएको भन्दै विरोध भएको हो ।

एआरएनएको अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणा भएको छ । तर, अर्का उमेदवार महेशकुमार श्रेष्ठ पक्षले मतदानमा धाँधली भएको दाबी गरेको हो ।

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौँ : महेश श्रेष्ठ

केसीका मुख्य प्रतिस्पर्धी श्रेष्ठको टिमबाट उपाध्यक्ष पदमा उमेदवारी दिएका डा.केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेको छ । सो व्यहोरा अनलाइन भोटिङ कम्पनीले उल्लेख गरेपछि वास्तविकताको खोजी भइरहेको एनआरएनएले जनाएको छ ।

एनआरएनका निर्वाचन समितिले आज (शुक्रबार) बिहान विज्ञप्ति जारी गर्दै वास्तविकता खोजी भइरहेको बताए ।

प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानालगायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेषित गरेको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एक उमेदवारको नेपालबाट प्राप्त मतपरिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जना भएको र सो सम्बन्धमा भेरो भोटिङसँग वास्तविक जानकारी लिइ सत्यतथ्य प्रकाशित गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

एनआरएनएले अनलाइन भोटिङका लागि भेरो इंगेजमेन्ट एन्ड भोटिङ सोलुसन्सबाट अनलाइन भोटिङ गराएको थियो । 

अध्यक्षका उमेदवार श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् । उनले भने, “भेरोको नाममा अनलाइन सिस्टम कब्जा गरिएको र अध्यक्षका उमेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्याभन्दा बढी हुन्छ, यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।” 

त्यस्तै, अध्यक्षका अर्का उमेदवार आरके शर्माले एनआरएनएमा माफियातन्त्र मौलाएको भन्दै अनलाइन मतदान सिस्टम कब्जा गरेको आरोप लगाए ।

NRNA-1697778466.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro