खेल

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालका करण केसीले नै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
करणले हङकङका ओपनर अंशुमन रथलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । त्यसअघि करणले इनिङको पहिलो बलमै हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए ।
जारी खेलको तीन ओभर समाप्त हुँदा हङकङले दुई विकेट गुमाएर १२ रन बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० ११:२१
प्रतिक्रिया दिनुहोस्