site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलबाट नयाँदिल्ली हुँदै आएका नेपाली को कसरी फर्किए ?

काठमाडौं । इजरायलबाट उद्धार गरी भारतको नयाँदिल्ली ल्याइएका १८ जना नेपालीलाई नेपाल फर्काउन बसको व्यवस्था गरिएको छ । 

नयाँदिल्लीस्थित नेपाली दूतावासले उनीहरू लाई बसको व्यवस्था गरेको हो ।

भारत सरकारले आफ्ना नागरिकलाई इजरायलबाट उद्धार गरी ल्याउँदा १८ जना नेपालीलाई पनि मंगलबार सँगै ल्याएको थियो । 

नेपाली दूतावासका अनुसार नयाँदिल्ली आइपुगेका १८ जना नेपालीमध्ये सातजनालाई बस रिजर्भ गरी कञ्चनपुर पठाइएको छ ।

Global Ime bank

आठजनाले काठमाडौं आउने टिकट आफैँ काटेको दूतावासले जनाएको छ । यस्तै, दुईजना आफ्नै तरिकाले गएको र एकजना मुम्बईमा रहेका आफन्तकोमा गएको दूतावासले बताएको छ । 

यसअघि सरकारले नेपाल एयरलाइन्सको जहाज चाटर्ड गरी २५४ जना नेपाली विद्यार्थीलाई इजरायलबाट उद्धार गरी ल्याएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu