site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इटालीलाई हराउँदै इङ्ल्यान्ड युरो-२०२४ मा छनोट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालीलाई ३-१ ले हराउँदै  इङ्ल्यान्डले आगामी वर्ष जर्मनीमा आयोजना हुने युरोपियन च्याम्पियनसिपमा स्थान सुरक्षित गरेको छ ।

मंगलबार राति वेम्बली रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई र मार्कुस रासफोर्डले एक गोल गरे । इटालीका गियानलुका स्कामाकाले गोल गरेका थिए । इङल्यान्डले सन् १९७७ पछि घरेलु मैदानमा इटालीलाई हराएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलमा पहिले अग्रता भने इटालीले बनाएको थियो । १५औं मिनेटमा स्कामाकाले गोल गर्दै इटालीलाई अग्रतामा राखेका थिए । तर, केनले ३२औं मिनेटमा गोल गर्दै घरेलु समर्थकमाझ इङ्ल्यान्डलाई खेलमा फर्काएका थिए । 

५७औं मिनेटमा रासफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई २–१ को अग्रतामा राखेका थिए । यस्तै, ७७औं मिनेटमा केनले दोस्रो गोल गरेपछि इङ्ल्यान्डले अग्रतालाई ३-१ मा पुर्याएको थियो ।

Global Ime bank

जितसँगै समूह 'सी' बाट युरो-२०२४ मा स्थान बनाएको इङ्ल्यान्डले ६ खेलबाट १६ अंक जोडेको छ । समान खेलबाट १० अंक जोडेको इटाली भने समूहको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !