देश

काठमाडौं । झापामा आठ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।
बलात्कार आरोपमा शिवसताक्षी नगरपालिका–५, आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई पक्राउ गरेको छ । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाईफकाई सोही ठाउँस्थित धानबारीमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
बालिकामाथि बलात्कार गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १७:२४
प्रतिक्रिया दिनुहोस्