site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल तपोभूमि : उपेन्द्र महतो
Tiktok banner adTiktok banner ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको विकासमा संघले महत्वपूर्ण योगदान दिन आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा एनआरएनको ११औँ महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

एनआरएनएले छोटो समयमै देशमा राम्रो सद्भाव र सम्मान पाएको भन्दै उनले त्यसको जिम्मेवारी गैरआवासीय नेपाली (एनआरएन)हरूमा थपिएको बताएका छन् ।

विश्वका कुनै पनि देश अरू देशका नागरिकले आएर नबनाएको भन्दै एनआरएनले देश विकासमा योगदान गर्नुपर्नेमा उनले जोड दिए । देशको समृद्धि भएमा मात्रै विश्वभर रहेका एनआरएनहरूले पनि सम्मान पाउने उनको भनाइ छ ।

उनले नेपाल देवभूमि एवं तपोभूमि रहेको बताउँदै अब यहाँ विकास र समृद्धिको आवश्यकता रहेको र त्यसका लागि सबै लागि पर्नुपर्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro