site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशमा चट्याङसहित वर्षा, यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग
फाइल तस्बिर

काठमाडौं । पश्चिमी वायुको प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 

वाग्मती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंमा गएराति चट्याङसहित वर्षा भएको थियो । 

Dabur Nepal
NIC Asia

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै विभागले यसको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro