site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलमा ज्यान गुमाएकामध्ये ५ जनाको शव नेपाललाई हस्तान्तरण (सूची)

काठमाडौं । इजरायलमा आक्रमणमा ज्यान गुमाएका १० जनामध्ये नेपालले पाँचवटा शव पाएको छ । बाँकी शव पाउन प्रक्रिया जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार नारायणप्रसा न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको छ ।

प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ । 

दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । उनको खोजीकार्य तीव्र पारिएको जानकारी दिइएको छ । 

दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । अर्का एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

असोज २० गते हमासले एक्कासि आक्रमण गरेपछि १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro