site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एसिया बैंकको साढे ३० प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको आज सम्पन्न २६औँ वार्षिक साधारणसभाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

Dabur Nepal
NIC Asia

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । त्यस्तै, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६३१ एटीएम, ११० वटा विस्तारित काउन्टर र ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro