site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँघरमा राखियो जमरा (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ । आइतबारदेखि सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ ।

हनुमानढोकास्थित दसैँघरमा पनि विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत बिहान ११ः२९ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाएको थियो । बन्दुक पड्काएर बढाइँ गरिएको थियो ।

बडादसैँको पहिलो दिन घटस्थापनका अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । यस दिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्रस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा जमरा छर्ने गरिन्छ ।

विशेषतः जमरा जौको राख्ने गरिन्छ । अहिले भने मकै र गहुँ मिसाएर जमरा राख्ने गरिएको छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वानसहित पूजाअर्चना गरिन्छ । नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_जमरा_12khariphotos-43-1697352131.jpg

sunilpradhan_जमरा_12khariphotos-44-1697352131.jpg

sunilpradhan_जमरा_12khariphotos-41-1697352130.jpg

sunilpradhan_जमरा_12khariphotos-42-1697352130.jpg

sunilpradhan_जमरा_12khariphotos-39-1697352129.jpg

sunilpradhan_जमरा_12khariphotos-40-1697352129.jpg

sunilpradhan_जमरा_12khariphotos-37-1697352128.jpg

sunilpradhan_जमरा_12khariphotos-35-1697352127.jpg

sunilpradhan_जमरा_12khariphotos-33-1697352126.jpg

sunilpradhan_जमरा_12khariphotos-34-1697352126.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro