site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युद्ध मैदानबाट फर्किएका विद्यार्थीको सन्देश– धन्यवाद सरकार !

काठमाडौं । इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन विमानस्थलमा झरे । जब उनीहरू विमानस्थलबाट बाहिररहेका थिए, उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो । आफन्तहरू भावुक बनिरहेका थिए, खुसीका आँसु बर्साइरहेका थिए ।

उनीहरूमध्ये कोही एक महिना अगाडि मात्र इजरायल गएका थिए त कोही दुई महिना अगाडि ।

बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनीहरूमध्ये अधिकांशले भनिरहेका थिए– धन्यवाद नेपाल सरकार !

Dabur Nepal
NIC Asia

उनीहरूले नेपाल एयरलाइन्सलाई पनि धन्यवाद दिन कन्जुस्याइँ गरेनन् । कठिन समयमा पनि आफूहरूको उद्धार भएकोप्रति उनीहरू कृतज्ञ थिए ।

कोही अब इजरायल नफर्किने बताइरहेका थिए त कोही बङ्कर बासको अनुभव सुनाइरहेका थिए । कोही इजरायलका आकाशमा देखिएका मिसाइलका झिल्कालाई नेपालमा तिहारमा देखिने आतसबाजीसँग तुलना गरिरहेका थिए ।

"सकेसम्म नेपालमै बस्ने हो । विदेशी भूमि आफ्नो जस्तो हुँदो रहेनछ," बझाङका एक विद्यार्थी भनिरहेका थिए ।

कोही नेपाली भूमिमा सम्भावनाका कुरा गरिरहेका थिए, इजरायलले कृषिमा गरेको आधुनिकीकरणका किस्सा सुनाइरहेका थिए । तिनैमध्येका रामपुर चितवनका वसन्त भट्टराईले सम्भावना भएर नेपालले कृषि क्षेत्रलाई बेवास्ता गरिरहेको बताए ।

कोही बेपत्ता रहेका विपीन जोशीको पनि पनि सम्झना गरिरहेका थिए ।

असोज २० गते शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार शवहरू ल्याउन अझै समय लाग्ने भएको छ । उनले इजरायलले कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि नेपाल ल्याउन समस्या नरहेको बताए ।

"अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ," साउदले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro