site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलबाट कहिले ल्याइन्छ १० नेपालीको शव ?

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कानुनी प्रक्रिया पूरा भएपछि मात्र इजरायलबाट शव ल्याउन सकिने बताएका छन् ।

इजरायलबाट नेपाली विद्यार्थी ल्याएर बिहीबार राति त्रिभुवन विमानस्थलमा अवतरण गरेका मन्त्री साउदले इजरायले शव हस्तान्तरण गरेपछि नेपाल ल्याउन समस्या नरहेको बताए ।

"अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ," साउदले भने ।

असोज २० गते हमास समूहको आक्रमणमा परेर १० नेपालीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro