site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलबाट २५३ नेपाली बोकेको जहाज काठमाडौं फर्किंदै

काठमाडौं । इजरायलबाट २५३ जना नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कंदै छ । जहाज केहीबेरमै काठमाडौंतर्फ उड्ने जनाइएको छ । 

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले उद्धार गरी ल्याउन लागेको हो । सरकारले बिहीबार बिहान नेपालीको उद्धारका लागि जहाज इजरायल पठाएको थियो । 

उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरन जहाजमा गएका थिए ।

अहिले सबैजना नेपाली जहाजमा चढिसकेका छन् । 

शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीले उद्धार गर्न सरकारसँग अनुरोध गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro