site stats
बाह्रखरी :: Baahrakhari
देश
विमान इजरायल पुगेपछि नेपाली विद्यार्थीले भने– एक हप्तादेखि ट्रमामा थियौँ, अब खुसी छौँ 

काठमाडौं । नेपाल एयरलाइन्सको विमान बिहीबार दिउँसो इजरायलको तेल अभिभ पुगेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीमा खुसियाली छाएको छ । उनीहरू सो विमानस्थलमा पुगिसकेका छन् ।

“एक हप्तादेखि ट्रममा थियौँ । अहिले हामीलाई लिन आएको जहाज नै देखेपछि खुसी छौँ,” इजरायलको बेन गुरियन विमानस्थलमा रहेका दाङका विपीन सुवेदीले बाह्रखरीसँग भने, “मनमा डर अझै बाँकी छ ।”

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि विषयको ११ महिने इन्टर्नसिपका लागि उनी इजरायल गएका थिए ।

qghgflaflaf-1697102149.jpg

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँको माहोल बिग्रिएको छ । हमासको आक्रमणमा परी विपीनसँगै इजरायल गएका उनका १० साथी मारिएका थिए ।

Global Ime bank

हमासको आक्रमणपछि इजरायली सेना र हमासबीच युद्ध सुरु भएको थियो । अहिले पनि लडाइँ जारी छ ।

युद्ध चर्कंदै गएपछि विशेष गरी हमास नियन्त्रित क्षेत्र गाजाको सीमानजिक रहेका नेपालीले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए । सरकारले आज उद्धारका निम्ति नेपाल एयरलाइन्सको विमान त्यसतर्फ पठाएको हो ।

“दिमागमा तिनै दृश्य मात्र दोहोरिरहेको छ, गोली चलेको, रकेट प्रहार भएको । अब नेपाल फर्किने भयौँ, असाध्यै खुसी छौँ,” विपीनले भने ।

qfedgaf-1697102166.jpg

इजरायलको विमानस्थलमा उद्धारको पर्खाइमा रहेका अर्का नेपाली विद्यार्थी लुइस रिजाल अब स्वदेश फर्कनेमा ढुक्क देखिन्छन् ।

“हामीलाई त जीवनदान गरेर सकुशल नेपाल पठाउनुभयो, अब इजरायलमा भएका घाइते मेरा प्रिय साथीहरूलाई हरदम साथ र सहयोग दिन र मेरो हराएको साथीलाई खोजी नेपाल आमाको अधुरो कोख भरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ,” रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले हमासको आक्रमणपछि उद्धारमा निरन्तर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, हौसला, आत्मविश्वास प्रदान गर्ने सबैलाई हृदयदेखि नै नमन गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu