site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
टीयूले दादागिरी देखायो, २५ प्रतिशत सीए विदेश पलायन हुँदैछन्
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

त्रिभूवन विश्वविद्यायको निर्णयका कारण अहिले देशभरका सीए आन्दोलित अवस्थामा पुगेका छन् । नेपालमा दिँदै आएको मान्यतालाई त्रिविले रोकिदिएपछि विकल्पको माग गर्दै उनीहरु आन्दोलनको अवस्थामा पुगेका छन् ।

वौद्धिक जमातको विदेश पलायनलाई बढावा दिन त्रिविले यस्तो निर्णय गरेको भन्दै नसच्याए सडक आन्दोलनको विकल्प नरहेको निष्कर्षमा उनीहरु पुगेका हुन् ।

नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संघका अध्यक्ष दीपक पाण्डेले त्रिविको अत्याचारविरुद्ध आफूहरु सडक संघर्षको तयारीमा रहेको बताएका छन् ।

Agni Group

बाह्रखरीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रस्तुत छ, संघका अध्यक्ष पाण्डेसँग बाह्रखरीले गरेको कुराकानी–

अहिले सीएहरु आन्दोलनको अवस्थामा पुग्नुको कारण–

Global Ime bank

चार्टर्ड अकाउन्टेन्सीहरुले जुन समकक्षता पाइरहेका थिए, त्यो २०१९ देखि रोकियो ।  त्रिभुवन विश्वविद्यालयबाट त्यो समकक्षता एकाएक बन्द भयो ।  त्रिभुवन विश्वविद्यालयले त्यसमा रोक लगायो ।  

जसको परिणामस्वरुप पछिल्लो समय धेरै चार्टर्ड अकाउन्टेन्ट (सीए) साथीहरुले, जसले नेपालमा उच्च शिक्षा, एमफील, पीएचडी गर्न खोज्नु भएको थियो, उहाँहरुले अगाडि पढ्नै पाउनुभएन ।

के कारणले ?

यही त अचम्म छ । पहिला त्रिभुवन विश्वविद्यालयले  आफ्नो पुस्तिकामा समकक्षता दिन सक्ने व्यवस्था गरेको थियो ।

त्यसमा के भनिएको थियो भने यदि चार्टर्ड अकाउन्टेन्ट्सहरुले बीबीएस र सीए गरेका छन् भने उनीहरुलाई स्नातकोत्तर मान्ने तर उनीहरुले चार्टर्ड अकाउन्टेन्सीमात्रै गरेका छन् भने स्नातक गरेको मान्ने भनेर उनीहरुले डाइरेक्ट्रीमा प्रकाशित गरे ।

जसका आधारमा धेरै साथीहरुले त्यो समकक्षता लिनु भएको थियो र धेरै ठाउँमा विभिन्न पोजिसनमा जागिर पनि खानुभयो ।  चार्टर्ड अकाउन्टेन्ट पीके मान सिंहको सुप्रिम कोर्टको आदेश के थियो भने उहाँले बीबीएस र पछि चार्टर्ड अकाउन्टेन्ट गर्नु भएको थियो । 

उहाँको योग्यता स्नातकोत्तर हैन भन्ने मुद्दामा सम्मानित सर्वाेच्च अदालतले यसमा उहाँको योग्यता पुगेको र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता पनि पाएको नजिर स्थापित भएको छ ।

तर एकाएक त्रिविले समकक्षता बन्द गरिदियो । किन यस्तो गरेको भन्दा उनीहरुबाट ‘अटपटे’ जवाफ आउँछ ।  कस्तोसम्म भने, ‘होइन अब हामीले चाहिँ प्रोफेसनल कोर्सलाई समकक्षता दिन  मिल्दैन, हाम्रो ऐनमा छैन भन्छन् ।’

त्यसो हो भने हिजो के का आधारमा दिइरहनु भएको थियो भनेर हामीले भन्यौं ।   त्रिभुवन विश्विद्यालय भनेको भाँडाकुटी खेल्ने संस्था त हैन होला । 

हामीले त्रिविका पदाधिकारीसँग पनि कुरा गर्‍यौँ । 

उहाँहरुले के भन्नु हुन्छ भने ‘हैन तपाईंहरुको पढाइमा रेगुलर अटेन्डेन्स हुन नपर्ने, तपाईंहरु कहिले काहीँ पुतलीसडक, बानेश्वरतिर कोचिङ क्लास पढेका आधारमा चार्टर्ड अकाउन्टेन्टको डिग्री लिनुभएको । अब यसलाई कसरी सम्बन्धन दिने भन्ने विषयमा हामीसँग कुनै व्यवस्था छैन,’ भन्नु हुन्छ ।

उहाँहरुलाई चार्टर्ड अकाउन्टेन्सी के हो भन्ने कुरा पनि हामीले बताउनुपर्ने ? ऐन छ, नेपालमा चार्टर्ड अकाउन्टेन्सी संस्था भनेको ग्लोबलको सबैभन्दा नम्बर वान आईफेकको सदस्य हो, नेपालको चार्टर्ड अकाउन्टेन्ट संस्था, आईसीएआई पनि आईफेकको सदस्य हो ।

deepakpandey-1697094263.jpg

यस्तो अवस्थामा उनीहरुले सीए पढेर आएर अर्थतन्त्रमा के योगदान गरिरहेका छन् भन्ने पनि उहाँहरुले नबुझ्ने ? त्यसो हो भने नेपाल राष्ट्र बैंकको गभर्नर हुनुभएको छ, उहाँ पनि हुन मिल्दैन होला ? कति बैंकका सीईओ हुनुहुन्छ उहाँहरुको अवस्था के हुन्छ ?

कयौं संस्था चलाएर सीए बसेका छन् । यति धेरै योगदान गरिरहँदा यसको डिग्रीको समकक्षता के हो त ? हामीले भनेका भन्यै छौँ उहाँहरुले चार वर्षदेखि हामी विचाराधीन अवस्थामा छौँमात्रै भनिरहनुहुन्छ ।

यसको परिणामस्वरुप के भयो भने हाम्रा यहाँ बसेका सीएहरुले कहिँ पनि आवेदन दिनै पाएनन् ।

त्यसकारण सरकारी सेवामा सीएको उपस्थिति छँदै छैन । विगत चार वर्षदेखि उनीहरुले आवेदन दिनै पाएनन् । अब, प्लस टू पढेर पाँच वर्षको कोर्ष पूरा गरेर सीए बन्छन् । अहिले दुई सय सीएले यही व्यवस्थाका कारण देश छाडिसके, त्यति नै तयारी अवस्थामा छन् ।

यो भनेको देशको कूल सीएको २५ प्रतिशतले देश छाड्ने हो । यति ठूलो ब्रेड ड्रेन भइरहँदा राज्यले गम्भीरताका साथ लिनुपर्दैन ? कसैलाई चासोको विषय नहुने ?

त्रिविका पदाधिकारी, शिक्षामन्त्री, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुसँग कुरा गर्‍यौँ । तर सुनुवाई भएको छैन । यसको अर्थ के सीए जस्तो प्रोफेसनल डिग्रीका लागि पनि यो देशमा आन्दोलन नै गर्नुपर्ने हो ? हामीलाई आफ्ना एजेन्डा स्थापित गर्न माइतीघरमै धर्नामा बस्नुपर्ने हो ?

–अब तपाईंहरुले के गर्नुहुन्छ ?

भारतमा, बेलायतमा के व्यवस्था छ भन्ने कुरा पनि यहाँका पदाधिकारीले बुझ्न सक्दैनन् र ? भारतमा सीएले युनिभर्सिटी ग्रान्ट कमिसन (यूजीसी)भन्ने छ । त्यसले सीए पास गरेपछि सोझैं पीएचडी गर्न पाउँछ ।

पीएचडी पनि त्रिभुवन विश्वविद्यालय भन्दा वरीयतामा माथि रहेका विश्वविद्यालयहरुमा गर्न पाउँछन् ।  अहिले १२९ वटा भन्दा बढी विश्विद्यालयले भारतमा सीएलाई सोझै पीएचडी गर्न दिन्छन् । 

जसमा एकदमै ख्याती प्राप्त जस्तै आईआईटी छ ।  आईआईटीको ख्याती त हामीलाई थाहै छ एसियाकै वेस्ट विश्वविद्यालय हो । त्यस्तै आईआईएम छ । भारतमा सीधै पीएचडी गर्न पाइने, नेपालमा प्लस टुको मान्यता ? यस्तो पनि हुन्छ ?

त्रिभुवन विश्विद्यालयले त एकोहोरो दादागिरी देखाइरहेको छ । हामीले कहिलेसम्म यस्तो हेरेर बस्ने ? के सबै सीएहरुले देश छोडेर जानुपर्ने हो ?

–अबको विकल्प ?

हामीले सबै पक्षलाई हाम्रो सुनुवाई होस् भनेर ज्ञापनपत्र बुझाएका छौं । एक चरणको छलफल गरिसकेका छौं । अब, हामी फेरि एक चोटी उहाँहरुसँग आग्रह गर्छौँ । भएन भने कलमको भाषा बुझ्ने सीए आन्दोलनमा होमिनुको विकल्प छैन । 

हामी त कस्तो भाषा नै नसुन्ने देशका नागरिक भयौँ भन्ने पीर लागेको छ अहिले ।

–त्रिविको यसमा स्वार्थ के हो ?

यो बडो जटिल प्रश्न हो । मलाई कता कता के लाग्छ भने रवैया देखाएको हो त्रिविले । जिम्मेवारी कसैले लिनै नचाहने । त्रिविजस्तो अग्रणी भूमिका रहेको संस्थाले यस्तो गर्न मिल्छ ? मैले कतिपय नेताहरुसँग, कतिपय सांसदहरुसँग कुरा गर्दा उहाँहरुले के भन्नु हुन्छ भने, त्रिभुवन विश्विद्यालयले हाम्रो कुरै सुन्दैन । त्रिभुवन विश्विद्यालयले त कसैको कुरै सुन्दैन ।

भनेको कसैको कुरा नसुन्ने हो भने, कि त स्वायत्त भएर विवेकपूर्ण निर्णय गर्नुपर्याे कि कानुनभन्दा माथि रहेछ भन्ने बुझ्नुपर्‍यो ।

सीए ऐनले के भन्छ भनेर पल्टाएर त हेर्नुहोस् । तपाईंहरुले प्रोफेसनल कोर्सलाई अक्याडेमिक कोर्सको मान्यता दिन सक्नुहुन्न भने मान्यता दिन किन बसिरहनु भएको छ त, विकल्प किन दिन नसक्ने ?

मलाई के लाग्छ भने, आउनुहोस् एक चोटी चिसो दिमागले बसौं, बहस गरौं । हाम्रो कन्टेन्टमा कमी छ कि छैन । हाम्रो प्रडक्ट बजारमा गइसकेपछि जुन लेबलेको डिग्री पाउनुपर्ने हो, त्यो सक्षम छन् कि छैनन् । आउनुहोस् बहस गरौं । त्यसपछि एउटा तार्किक र तर्कसंगत निर्णय गरौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu