site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इजरायलबाट नेपाल फर्किइन् सावित्रा

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) इजरायलबाट नेपाल फर्किएकी छन् ।

इजरायली क्लब होपाइल रानानाबाट व्यावसायिक फुटबल खेल्ने सावित्रा बिहीबार स्वदेश फर्किएकी हुन् । सावित्रालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह पुगेका थिए । 

Dabur Nepal
NIC Asia

नेपाली महिला टिमकी उच्च गोलकर्ता सावित्राको नाममा ४३ अन्तर्राष्ट्रिय गोल छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजरायलले ‘स्टेट अफ वार’ को घोषणा गरेको छ । त्यसयता हमास र इजरायलबीच युद्ध जारी छ । 

हमास र इजरायलबीच युद्ध सुरु भएपछि युरोपेली फुटबल महासंघ (यूईएफए)ले इजरायलमा हुने सबैखाले फुटबल अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ । भौगोलिक रूपमा एसियामा रहे पनि इजरायलले यूईएफएको सदस्यता लिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro