site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायल–हमास द्वन्द्व : मृत्यु हुनेको संख्या २४ सय नाघ्यो, सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वबारे छलफल गर्न शुक्रबार पुनः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । आइतबार बसेको बैठकमा इजरायल र प्यालेस्टाइनका विषयमा सुरक्षा परिषद्का सदस्यहरू विभाजित थिए ।

हमास नियन्त्रित क्षेत्र गाजामा इजरायली हवाई आक्रमणमा परी १२ सय मानिसको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् । हमासको आक्रमण परी ज्यान गुमाउनेको संख्या इजरायलमा समेत १२ सय नाघेको जनाएको छ ।

गाजाबाट विस्थापित हुनेको संख्या तीन लाख ३८ हजार पुगेको राष्ट्रसंघले जनाएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिेन्केनले बिहीबार इजरायलको भ्रमण गर्दै छन् । उनले प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग पनि भेट गर्ने बताइएको छ ।

Global Ime bank

राष्ट्रपति अब्बास हमाससँग जोडिएका छैनन् । उनले वेस्ट बैंकमा फतह ‘मुभमेन्ट’ नेतृत्वको सरकार चलाएका छन् । हमासले गाजापट्टीमा शासन गर्दै आएको छ ।

इजरायलले गाजातर्फ औषधि, खाना, इन्धन, पानी, बिजुलीलगायत सामग्रीको आपूर्ति बन्द गरेको छ । गाजाको एक मात्र विद्युत् केन्द्र बन्द भएको छ ।

अमेरिकाले इजरायल, राष्ट्रसंघ र इजिप्टसँग केही सहायता पठाउन र स्थानीय बाहिर निस्कने व्यवस्थाका लागि छलफल गरिरहेको बताइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu