site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लक्ष्मी सनराइज बैंकको दसैँ अफर : क्यासब्याकदेखि रेमिट्यान्स पठाउँदा दक्षिणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चाडपर्व लक्षित ‘दसैँ आयो’ योजना ल्याएको छ ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागु हुने योजनाअन्तर्गत मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक अफर रहेको बैंकले बताएको छ ।

बैंकले पहिलो अफर 'घुम्न जाउँला'मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिने बताएको छ ।

Argakhachi Cement Island Ad

यो अफर असोज १८ गतेदेखि कात्तिक ९ गतेसम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नुपर्ने बताइएको छ ।

अर्को 'सपिङ गरौँला' अफरमा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागु रहने बैंकले बताएको छ ।

यसैगरी ‘खाउँला पिउँला’ अफर योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल मनिबाट अनलाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ।

यसै अफरअन्तर्गत केएफसीको केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको 'ट्याप एण्ड पे'फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने बैंकले जनाएको छ।

यस्तै, 'रमाईलो गरौँला' अफरअन्तर्गत क्यूएफएक्स सिनेमा हलमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल मनिमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागु हुने बैंकले जनाएको छ ।

क्यासब्याक अफरहररू बाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो योजना 'मेरो भूमि' रेमिट्यान्स खातावाला ग्राहकहरूका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्