site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कप्तान किरणको आग्रह– रंगशालामा नेपालको सबैभन्दा ठूलो झन्डा देख्न पाउँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलमा दर्शकलाई नेपालको सबैभन्दा ठूलो झन्डा लिएर रंगशाला आउन आग्रह गरेका छन् ।

नेपालले बिहीबार फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणको पहिलो लेगमा लाओसलाई आतिथ्यता प्रदान गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपरान्ह ५ः३० बजेदेखि सुरु हुनेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

खेलको पूर्वसंन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा किरणले समर्थकलाई रंगशालामै आएर टिमको हौसला बढाउन आग्रह गरे ।

“हामी ठूलो संख्यामा समर्थकहरू रंगशाला आएको हेर्न चाहन्छौँ । भोलि हामी बेग्लै समर्थकको अनुभव गर्न चाहन्छौँ । फुटबल संस्कारसहितको समर्थकको आश गरेका छौँ । ब्यानर, झन्डा, जर्सीसाथ सबैजना रंगशाला आउनुहोला । नेपालको सबैभन्दा ठूलो झन्डा पनि देख्न पाउँ । राष्ट्रिय गान, रातो र चन्द्र सूर्य ९० मिनेट नै गाउनुपर्छ । समर्थकहरूका लागि यो मेरो विशेष आग्रह हो । म रंगशालामा १५ हजारभन्दा धेरै समर्थक आएको हेर्न चाहन्छु । यति कि रंगशालामै नअटोस्,” पत्रकार सम्मेलनमा अधिकांश समय दर्शकका लागि खर्चिएका किरणले भने ।

Royal Enfield Island Ad

किरणले आफूले विश्वका अन्य जुनसुकै देशमा फुटबल खेले पनि दशरथ रंगशाला त्यसमध्येका सबैभन्दा उत्कृष्ट मैदान भएको बताए ।

उनी भन्छन्, “मलाई दशरथ रंगशाला सबैभन्दा उत्कृष्ट रंगशालामध्ये लाग्छ । किनभने त्यहाँ ‘टूवेल्थ म्यान’को रूपमा हाम्रा दर्शक हुन्छन् । मैले अरु जहाँ खेले पनि दशरथमा खेलेको अनुभव बेग्लै हुन्छ । यसका लागि म सँधै उत्साहित हुन्छु । ममात्र हैन, टिमका हामी सबै घरेलु समर्थकमाझ खेल्न आतुर छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro