site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीसहित चार प्रहरीलाई कारबाहीको माग गर्दै ११८ दिनदेखि माइतीघरमा बसिरहेकी निर्मला देवी 
SkywellSkywell

काठमाडौं । सरकारलाई आफ्नो असन्तुष्टिको आवाज सुनाउने थलो बनेको छ– माइतीघर मण्डला । पछिल्लो समय मण्डला दक्षिण भागमा विरोधको कार्यक्रम नभएको दिन हुँदैन ।

सहरको मध्यभागमा भइरहने विरोध कार्यक्रमले कहिलेकाहीँ ट्राफिक हैरानी मात्रै होइन, आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी नै पर्छ । मण्डलामा सरकारप्रति आक्रोश पोख्न राजनीतिक दलका नेतादेखि प्रहरी, प्रशासनबाट पीडित बनेका सहरका सामाजिक संघ–संस्थादेखि गाउँ–गाउँबाट पीडित भेला हुने गर्छन् ।

त्यसैको बलमा अधिकांशको प्रदर्शनकारीसँग सरकार सम्झौता गर्न बाध्य हुन्छ । केही दिनअघि मात्रै शिक्षा विधेयकको विरोधमा उत्रिका शिक्षकहरुले आफ्नो माग पूरा गरी घर फर्किए । आइतबारदेखि कर्मचारी पनि आन्दोलनमा छन् । उनीहरुको ठूलो भीड छ । 

KFC Island Ad
NIC Asia

तिनै भीड र व्यस्त मण्डलामा एउटा पोस्टर टागिएको छ, जसमा लेखिएको छ– ‘मोस्ट करप्ट क्रिमिनल पुलिस ।’ पोस्टरमा चार जना प्रहरी अधिकारीको फोटो राखिएको छ । धनुषा प्रहरी प्रमुख एसपी विश्वराज खड्का, डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साह र प्रहरी जवान हनुमान राईको फोटो राखिएको हो ।

पोस्टरमात्रै होइन त्यहीँ पोस्टरसँगै एक महिला साढे तीन महिनादेखि धर्नामा बसेकी छन् । तर, उनीसँग सरकारलाई आजको भोलि नै प्रभाव पार्ने भीड, सामथ्र्य छैन । त्यहीँ पोस्टर टाँसेर दिनरात धर्नामा बसेका छन्– न्यायका लागि भन्दै ।

Royal Enfield Island Ad

को हुन् ती महिला ?  

प्रहरीकै फोटोसहितको पोस्टर बनाएर त्यसरी धर्नामा बसेकी महिला हुन्– धनुषाकी निर्मला देवी साह ।

उनी त्यसरी धर्नामा बसेको बुधबार एक सय १८ दिन पूरा भएको छ । निर्मला त्यसरी धर्नामा बस्नुको कारण भने आफूलाई प्रहरीले न्याय दिनुको साटो झन् पीडा थपेको आरोप छ । निर्मलाकी छोरी २२ वर्षीय आरती साहको ६ जेठमा मृत्यु भएको थियो । करिब २ वर्षअघि धनुषाकै मोतीबाबु साहसँग आरतीको विवाह भएको थियो । 

विवाहमा निर्मलाको परिवारले १६ तोला सुनको गरगहना १६ तोला चाँदी र फर्निचरका सामग्री दाइजोको रुपमा दिएका थिए । तर, मोतीबाबुले भने थप दाइजोको नाममै सधैँ यातना दिने र त्यही कारण छोरीको ज्यान गएको आरोप निर्मलादेवीको आरोप छ । 

धर्नामा बसेकी निर्मलाले दाइजोको नाममा छोरीको हत्या हुँदा समेत धनुषा प्रहरीले सत्य–तथ्य अनुसन्धान नगरेको बताउँछिन् ।  उनले मंगलबार बाह्रखरीसँग कुरा गर्दै भनिन्, “म यहाँ धर्नामा बसेको ११७ दिन भयो । मेरो बेटी मरेको होइन मोतीबाबुले हत्या गरेको हो । प्रहरीले अनुसन्धान गरेन । सबैभन्दा खराब त्यो एसपी विश्व खड्का हो । त्यसले उल्टै हामीलाई कुटपिट गर्‍यो । मेरो कानको जाली नै फुट्यो । मोतीबाबुसँग मिल्यो ।”

आरती २ महिनाको गर्भवती हुँदा मोतीबाबुको कुटपिटबाट उनको हत्या भएको निर्मला देवीको आरोप छ । एसपी खड्काबारेको आरोप बुझ्ने प्रसाय गर्दा भने उनी विदामा रहेको जानकारी धनुषा प्रहरीले दियो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका डीसएसपी रन्जन अवाले भने पीडितले दिएको उजुरीको अरोपमा मोतीबाबु र उनका बुबालाई पक्राउ गरिएको बताउँछन् । 

“पीडितको उजुरीको आधारमा मोतीबाबु र उनका बुबालाई पक्राउ गरेर जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामासमेत पठाएको थियो । उच्च अदालतको आदेशले उनीहरु छुटे,” डिएसपी अवालेले भने, “प्रहरीले गर्नुपर्ने सबै काम गरेको छ ।”

हाल धुनषाबाट डीएसपी वेदप्रसाद गौतमसमेत सरुवा भइसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro