site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक नेपाली विद्यार्थीको अवस्था अझै अज्ञात, घाइते चारजनाको स्वास्थ्यमा सुधार

काठमाडौं । इजरायलमा हमास समूहले गरेको आक्रमणमा परेर घाइते भएका चार नेपालीको अवस्थामा सुधार भएको छ । इजरायलस्थित नेपाली दूतावासले घाइतेहरूको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको हो ।

तर, सम्पर्कविहीन रहेका एकजना नेपाली विद्यार्थीको अवस्था अझै अज्ञात । उनको खोजिकार्य भइरहेको दूतावासले जनाएको छ । उनलाई खोज्न प्रहरी, अस्पतालसहित उपलब्ध सबै स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोग लिइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दूतावासल इजरायलमा रहेका नेपाली नागरिकई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

असोज २० गते हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro