site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५५ जना सुरक्षित स्थानमा, पाँच बंकरमा रहेका नेपाली विद्यार्थीलाई सार्ने तयारी
इजरायलको हवाई आक्रमणबाट ध्वस्त भएको इस्लामिक नेसनल बैंक अफ गाजाको भवन ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजरायलको द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । सोमबार त्यहाँबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् ।

इजरायलको तेल अभिभस्थित नेपाल राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार उक्त स्थान प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको गाजासितको सीमाक्षेत्र हो ।

त्यहाँबाट ५५ नेपालीलाई इजरायली सेनाले सुरक्षित स्थानमा पुर्‍याएको राजदूत रिजालले बताइन् ।

“द्वन्द्व प्रभावित दक्षिण क्षेत्रबाट हिजो ५५ नेपालीलाई इजरायलको सेनाले सुरक्षित स्थानमा पुर्‍याएको छ,” उनले बाह्रखरीसित भनिन् ।

यस्तै, अशान्त रहेको उत्तरी क्षेत्रमा पाँच बंकरमा केही नेपाली विद्यार्थी रहेका उनले बताइन् । त्यहाँबाट उनीहरूलाई अर्को सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको उनले जानकारी दिइन् ।

“द्वन्द्व प्रभावित उत्तर क्षेत्रमा पाँचवटा बंकरमा नेपाली विद्यार्थी छन्,” उनले भनिन्, “उनीहरूलाई थप सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । त्यसका लागि बस तयारी अवस्थामा छ । इजरायली सेनाको अनुमति पर्खिरहेका छौँ ।”

अशान्त रहेको उत्तरको उक्त स्थान लेबनानसितको सीमाक्षेत्र भएको प्रथम सचिव घिमिरेले जानकारी दिए ।

गएको शनिबार हमासले एक्कासि इजरायलमा आक्रमण गरेपछि दुईतर्फी द्वन्द्व जारी छ । हमासको आक्रमण परी १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ । पछिल्लो द्वन्द्वमा दुवैतर्फ गरी १५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको सीएनएनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro