site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इजरायलमा रहेका नेपालीको अवस्थाबारे संसदीय समितिमा छलफल गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीन संसदीय समितिका बैठक आज बस्दै छ । 

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दै छ । बैठकमा इजरायलमा रहेका नेपालीको अवस्थाका विषयमा छलफल गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनका विषयमा वन तथा वातावरणमन्त्री, सचिव र खानी तथा भू–गर्भ विभागका पदाधिकारीसँग छलफल गरिने तय छ ।

प्रतिनिधिसभाअन्तर्गतकै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन बैठकमा पेस गरिनेछ ।

Global Ime bank

सोही समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस गरिनेछ ।

यी बैठक सिंहदरबारस्थित समितिका आ–आफ्नै सभाकक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement