site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सि इजरायल जान लागेका २४ कामदार रोकिए

काठमाडौं । इजरायलसँग भएको श्रम सम्झौताबमोजिम स्याहार केन्द्रमा सहायक कामदारका रूपमा छनोट भएर भिसा पाएका २४ नेपाली कामदार रोकिएका छन् । इजरायल आक्रमणका कारण उनीहरूको यात्रा रद्द गरिएको हो ।

उनीहरू आगामी बुधबार दिउँसो १ बजे इजरायल जाने तय भएको थियो ।

श्रम मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाले इजरायको शान्ति सुव्यवस्था सामान्य भएपछि वैदेशिक रोजगारसम्बन्धी थप कारबाही अगाडि बढाइने जनाएको छ ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो ।

हेर्नुहोस् सूची

सूचना-२०८०-०६-२२-(1)-1696863985.jpeg

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्