site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात, घर फर्किन २०० को आवेदन
एजेन्सी ।

काठमाडौं । इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार साँझ सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ ।

त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ ।

दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको छ ।

साथै मृतकको शव फिर्ता गर्नका लागि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको बताएको छ ।

नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु भइसकेको छ । जसमा दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको दूतावासले जनाएको छ ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो ।

Press-Release-2_231009_194536_page-0001-1696860281.jpg

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro