site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उद्धार र स्वदेश फिर्तीका लागि सूचना संकलन गर्दै दूतावास
तस्बिर : एजेन्सी ।

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले उद्धार तथा स्वदेश फिर्तीका लागि सूचना संकलनको काम थालेको छ । 

सोमबार साँझ एक सूचनामार्फत दूतावासले अहिले सूचना संकलनको काम भइरहेको जनाउँदै दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा गएर अनलाइन रजिस्ट्रेसन फारम गर्न आग्रह गरेको छ ।

"इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ । यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिस्ट्रेसन गर्नुहुन आह्वान गर्दछौँ," दूतावासले भनेको छ । 

थप जानकारी आवश्यक भए दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनको आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro