site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलमा नेपालीको मृत्युप्रति भारतका राजदूतले गरे दु:ख व्यक्त

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका छन् । 

परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युुप्रति दु:ख व्यक्त गरेका हुन् । 

पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । 

उनले दु:खद घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश अनि दिएका छन् । 

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro