site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने कार्य सुरु
तस्बिर : सामाजिक सञ्जालबाट ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । दक्षिण इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ । इजरायली सेनाले सोमबार दिउँसोबाट नेपालीलाई सुरक्षित स्थानमा सार्ने कार्य सुरु गरेको हो ।

बर्दियाका लुइस रिजालले सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका छन् ।

“हाम्रो फार्मको सबै साथीहरु यहाँ आइसकेका छौँ । खानेकुरा पाएका छौँ । अब टेन्सन लिन पर्दैन । यहाँ अहिले चारैतिर इजरायली आर्मी मात्र छन् । हामीलाई स्कटिङ गरेर उद्धार गर्न सेना आइसकेको छ । सबै जनालाई नआत्तिनोस् भन्छु । आशा गरौँ राम्रो हुन्छ,” रिजालले भनेका छन् ।

दक्षिण इजरायलको अन्य क्षेत्रबाट पनि नेपालीलाई उद्धार गरी सुरक्षित स्थलमा लगिएका भिडियो त्यहाँ रहेका नेपालीले सामाजिक सञ्जालमा राखेका छन् । हालसम्म ३२ जनाभन्दा बढीलाई सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ ।

प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलको दक्षिण भूभागमा शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

अझै ठूलो संख्यामा नेपाली विद्यार्थी बंकरमा लुकेर बसेका छन् । यसैबीच उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्य सुरु भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro