site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदरसालाई परम्परागत शिक्षामा राखेकोमा पूर्वमन्त्री खानको आपत्ति, आधुनिकमा राख्न माग
फाइल तस्बिर ।

काठमाडौं । पूर्व खानेपानीमन्त्रीसमेत रहेका सांसद अब्दुल खानले मदरसा शिक्षालाई आधुनिक शिक्षामा राख्न माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा जनमत पार्टीका सांसद खानले सरकारले संसद्‌मा ल्याएको शिक्षा विधेयकमा मदरसा शिक्षालाई परम्परागत शिक्षामा राखेको विषयमा विमति जनाए । 

“सरकारले संसद्‌मा ल्याएको शिक्षा विधेयकमा मदरसा शिक्षालाई परम्परागत शिक्षामा राखेको छ, यो उचित छैन,” खानले भने, “मदरसा शिक्षालाई आधुनिक शिक्षामा राखियोस् । म जोडदार माग गर्दछु ।”

Dabur Nepal
NIC Asia

मुस्लिम आयोगका अनुसार मदरसा धार्मिक र सांस्कृतिक शिक्षा प्रदान गर्ने मुस्लिम समुदायको सबैभन्दा विश्वसनीय शैक्षिक संस्था हो । 

मुस्लिम आयोगले २०७८ सालमा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार नेपालमा एकहजार १९७ वटा मदरसा दर्ता भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro