site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुपथ मूल्यमा सामान (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रेडिङ र दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याए ।

चाडबाडको समयमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्तीपसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री–वितरणको व्यवस्था मिलाइएको सो कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

उपत्यकाबाहिर झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, मुस्ताङलगायत स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, पिठो, तेललगायत खाद्यसामग्रीमा छुट पाउने व्यवस्था गरिएको छ ।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्षमा आइतबार पहिलो दिनदेखि नै उपभोक्ता समान किन्न पुगेका छन् । सहुलियत मूल्य पसल सञ्चालनका निम्ति सरकारले सो कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्ट्याएको छ ।

थप तस्बिर हेर्नोस्–

SunilPradhan_sukhadmulye_12khariphoto-183-1696759355.jpg

SunilPradhan_sukhadmulye_12khariphoto-184-1696759355.jpg

SunilPradhan_sukhadmulye_12khariphoto-181-1696759354.jpg

SunilPradhan_sukhadmulye_12khariphoto-179-1696759353.jpg

SunilPradhan_sukhadmulye_12khariphoto-177-1696759352.jpg

SunilPradhan_sukhadmulye_12khariphoto-178-1696759352.jpg

SunilPradhan_sukhadmulye_12khariphoto-175-1696759351.jpg

SunilPradhan_sukhadmulye_12khariphoto-176-1696759351.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro