site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेलिगेसन क्षेत्रको बर्न्लीविरुद्ध चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले रेलिगेसन क्षेत्रमा संघर्षरत बर्न्लीविद्ध ४–१ को सहज जित निकालेको छ ।

शनिबार टर्फ मुरमा भ्रमणकारी टोलीलाई जित दिलाउन कोल पाल्मेर, रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले समान एक गोल गरे । चेल्सीले अर्को एक गोल मनि अल डाकिलबाट आत्मघाती उपहार पाएको थियो । बर्न्लीका विल्सन ओडेबर्टले एक गोल गरेका थिए ।

घरेलु मैदानमा ओडेबर्टको गोलबाट बर्न्लीले अग्रता बनाएको थियो । तर, ४२औँ मिनेटमा चेल्सीले डाकिलबाट आत्मघाती गोल उपहार पाएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

५०औँ मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रतामा राखेका थिए । ६५औँ मिनेटमा स्टर्लिङले गोल गर्दै पाहुना टिमको अग्रतालाई ३–१ मा पुर्‍याएका थिए । त्यसको नौ मिनेटपछि ज्याक्सनको गोलबाट चेल्सीले अग्रतालाई ४–१ को सहज अवस्थामा राखेको थियो । यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा चेल्सीले तीन अंक निश्चित गर्‍यो ।

जारी प्रिमियर लिगमा चेल्सीको यो तेस्रो जित हो । जितसँगै तालिकाको ११औँ स्थानमा उक्लिएको चेल्सीले आठ खेलबाट ११ अंक जोडेको छ । समान खेलबाट चार अंकको बर्न्ली १८औँ स्थानमा छ । बर्न्लीको यो छैटौँ हार हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro