site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रसंघका महासचिवले लुम्बिनी भ्रमण गर्ने, कोषले थाल्यो स्वागतको तयारी

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा लुम्बिनी भ्रमण गर्ने निश्चित् भएसँगै लुम्बिनी विकास कोषले भ्रमणको लागि सरोकारवालाहरुसँग छलफल सुरु गरेको छ ।

शुक्रबार दिउँसो संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसको लुम्बिनीमा स्वागत एवं भ्रमणबारे जानकारी गराउँदै संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले सरोकारवालाहरुसँग संयुक्त छलफल गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीसहितको उपस्थिति रहेको छलफलमा सरोकारवालाहरुसँग विशेष गरी महासचिव गुटर्रेसको लुम्बिनी भ्रमणमा स्वागत एवं लुम्बिनीको सम्बर्द्धन र सहयोगको लागि अपिल गर्ने साथै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबारे प्रचार–प्रसार गर्ने छलफलको उद्देश्य रहेको लुम्बिनी विकास कोषका सदस्यसचीव सानुराज शाक्यले बताए ।

असोज २६ गतेदेखि तीन दिनको लागि महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्