site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुरा छुटे : वर्षमान पुन
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पुर्‍याउने जिम्मा सांसदको हातमा रहेको बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद पुनले सरकारले संसद्बाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौँ भनेर स्वीकार गरेकाले पनि विधेयक टुंगोमा पुर्‍याउने जिम्मा सांसदहरुको रहेको बताए ।

Argakhachi Cement Island Ad

सरकारले ढिलो भए पनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संशोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरुलाई समेट्नुपर्ने उनले बताए ।

अहिलेको अवस्थामा समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको उनले बताए । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उनको भनाइ छ ।

“संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु पुगेको छैन भनेर सार्वजनिक रुपमा प्रश्नहरु पनि उठेको छ,” उनले भने, “त्यसलाई संशोधनमार्फत परिमार्जन गर्न सकिन्छ । शिक्षा राज्यको दायित्व हो । त्यसमा विभिन्न पक्षहरुसँग सहकार्य गरेर जानुपर्छ ।”

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्