site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाबुराम भट्टराईको निष्कर्ष– माओवादीसँग वार्ताको औचित्य छैन
फाइल तस्बिर ।

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र)सँगको वार्ताको औचित्य नरहेको निष्कर्ष निकालेको छ ।

बुधबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टी एकताका लागि पठाइएको ९ बुँदे प्रस्तावमाथि  माओवादीले छलफल नै गर्न नचाहेको निचोड पनि निकालेको छ ।

Dabur Nepal
NIC Asia

केहीअघि पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै माओवादीले पत्र पठाएपछि नेसपा तरंगित भएको थियो । माओवादीले दाउपेचको राजनीति गरिरहेकाले वार्ताको औचित्य नरहेको पार्टी अध्यक्ष डा. भट्टराईको भनाइ छ ।

“माओवादी केन्द्रको नेतृत्वले त्यो महत्त्वपूर्ण नौ बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ । हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रूपान्तरणसहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यो स्थितिमा हामीले प्रस्तुत गरेको ९ बुँदे समष्टीगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रस्ट पार्न चाहन्छ ।”

नेसपाले आगामी वैशाखमा पार्टीको प्रथम महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

Nesapa-1696499183.png

Nesapa-2-1696499182.png

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro