site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको टिप्पणी : कांग्रेस आफूसँग कति सिट छ पनि चाल पाउँदैन
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुरानो भएको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेसलाई मेवा र एमालेलाई आँपको रुखसँग तुलना गरे ।

“तपाईंले आँपको रुख र मेवाको रुखसँगै लगाउनुभयो भने मेवाको रुख छिट्टै बढ्छ, छिट्टै फल्छ, छिट्टै बुढो हुन्छ । आँपको रुख बिस्तारै बढ्छ । धेरै वर्षसम्म फलिरहन्छ । एमाले भनेको आँपको रुखजस्तो हो,” उनले भने, “कांग्रेस मेवाको रुखजस्तो ।”

उनले कांग्रेसले आफूसँग कति सिट छ भन्ने समेत थाहा पाउन छाडेको आरोप लगाए ।

“कांग्रेस साँच्चै पुरानो भयो । साँच्चै थोत्रो भयो । केही पनि गर्न नसक्ने । ८७ सिट छ, तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ,” ओलीले भने, “उहिले हजुरबाले बलियो बलियो काम पनि गथ्र्यो होला, अहिले बुढो भएपछि नातिको पछाडि हिँड्नुपर्यो नि । त्यस्तै निरीह भएको छ कांग्रेस । आफूसँग कति सिट छ पनि चाल पाउँदैन ।”

ओलीले नेकपा (माओवादी केन्द्र) ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’ भन्ने जस्तो भएको टिप्पणी गरे ।

“मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो । माओवादीमा त्यस्तै भएको छ । माओवादी कार्यकर्ताले पार्टी बनाए । सरकार बनाए,” ओलीले भने, “अनेक चिज गरे । तर, छोरी ज्वाइँ, भाइ भतिजा, भान्जा यस्तैको चलेको छ । पीडित माओवादी कार्याकर्ता तड्पिएका छन् ।”

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल भने कांग्रेस, माओवादी केन्द्रको पछि लाग्न स्वभाविक हुने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro