site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल छिरेका दावा छिरिङ यसरी बने सुन तस्करीका नाइके
Sarbottam CementSarbottam Cement

काठमाडौं । २३ वर्षअघि नेपाल आउँदा दावा छिरिङसँग ‘नाम’बाहेक देशको परिचय थिएन ।  उनी भुटानी शरणार्थीको रुपमा १७ वर्षको उमेरमा नेपाल पसेका थिए । यतिखेर उनको परिचय फेरिएको छ– उनी तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ बनेका छन् ।

त्यतिमात्र होइन, उनी काभ्रेका स्थायी बासिन्दासमेत बनेका छन् । जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकको पूर्जा पनि पाएका छन् । ४० वर्षीय दावा सन् १९९९ मा नेपाल छिरेको र सुरुवाती चरणमा स्वयम्भूस्थित तिब्बती शरणार्थी क्याम्पमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शरणार्थी क्याम्पकै पहलमा उनी उच्चशिक्षा अध्ययनका लागि भारतको हिमाञ्चल प्रदेश समेत पुगे । सन् २००३ मा १२ पास गरेर उनी भारतबाट नेपाल फर्किए । नेपाल फर्किएपछि भने उनी शरणार्थी क्याम्पमा गएनन् । छोटो समय स्वयम्भू क्षेत्रमै कोठा भाडामा लिएर बसे ।

Prabhu Bank
Agni Group
NIC Asia

१२ पास गरेपछि भने दावामा महत्वाकांक्षा बढ्दै गयो ।  उनी लत्ताकपडाको व्यापार गर्न नेपालबाट जुत्ता र जिन्स पाइन्ट खरिद गरेर पुनः भारत गए । सुरुमा न्यूरोडबाट ४०–५० जोर जुत्ता र जिन्स पाइन्ट लिएर व्यापार गर्न भारत गएको दावाले प्रहरीसँगको बयानमा भनेका छन् ।

भारतमा उनले सोचेजस्तो कपडा व्यापारमा सफलता नमिलेपछि उनी फेरि नेपाल फर्किए । बौैद्ध क्षेत्रमा जडिबुटीको व्यापार गर्न थाले । उनले करिब ३ वर्ष बौद्ध क्षेत्रमा जडीबुटीको व्यापार गरेको खुलेको छ । जडिबुटीकै व्यापारका क्रममा उनको भेट रोल्पाकी अमला रोका मगरसँग भयो ।

Global Ime bank

व्यापारका कारण भएको दावा र अमलाको सम्बन्ध प्रेममा बदलियो ।  उनीहरुले सन् २००९ मा प्रेमलाई बिबाहमा परिणत गरे ।  अमलासँगको बिहेपछि पनि दावाको मन एक ठाउँमा बसेन । जडिबुटी व्यापारमासमेत उल्लेख्य सफलता नपाएपछि दावा नेपाल छाड्ने निणर्यमा पुगे । 

सन् २०११ पुन फेरि भारततिरै गए । केही समय भारतमा बसेका दावा सोही वर्ष शरणार्थीका रुपमा भारत हुँदै बेल्जियम पुगे । अस्थिर स्वभावका दावाको जीवन बेल्जियम पुगेपछि भने शरणार्थीबाट देशको परिचय पाए । 

बेल्जियम पुगेको २ वर्षमा सन् २०१३ मा बेल्जियम नागरिक बन्न सफल भए । बेल्जियम नागरिक बने पनि उनमा नेपाल बस्ने धित भने मरेन । उसो त, उनले श्रीमती अमलालाई नलिई एक्लै बेल्जियम पुगेका थिए ।  बेल्जियमको पासपोर्टमा भने उनले भिजिट भिसा लगाएर २०१३ मा दोस्रोपटक नेपाल छिरे ।

सन् २०१३ देखि २०१५ सम्म नेपाल बेल्जियम आवत–जावत गरेका दावाले सन् २०१५ देखि भने अध्ययन भिसामा नेपाल बस्दै आएका छन् ।  त्यसयता भने उनले श्रीमती अमला रोका मगरको फेरो समातेर अस्वाभाविक राजनीतिक पहुँच बनाए ।

माओवादी पृष्ठभूमिकी रोल्पाकी अमला सहिद परिवारकी सदस्यसमेत हुन् ।  त्यही कारण दावाको सम्बन्ध माओवादीका प्रभावशाली नेतासम्म पहुँच पुगेको हो ।

अनि अपराध कर्ममा

सन् २०१५ उता दावा छिरिङ ठूलो अपराधमा संलग्न भएको रेकर्ड प्रहरीसँग छैन । २००७ मा बौद्धबाट सार्वजनिक अपराधमा पक्राउ परेका उनी केही दिनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट साधारण तारेखमा छुटेको थिए ।

नेपाली भाषा राम्रोसँग बोल्न सक्ने दावाले माओवादी नेतासँगको सम्बन्ध विस्तारपछि भने विभिन्न अवैध कर्ममा लागेको प्रहरीको दाबी छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, दावाले २०७६ देखि संगठित रुपमा अपराध गर्न थालेका हुन् ।

उनले ठमेललाई अपराधको सेल्टर बनाएको प्रहरीको दाबी छ । सुरुमा दावाले ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लिल भिडियो देखाएर ‘लोन एप’ मार्फत् अवैध असुली गर्ने चिनियाँ गिरोहलाई नेपाल भित्र्याएका थिए ।

त्यो समूहले सूरुवाती चरणमा चिनियाँ नागरिकलाई नै मुख्य टार्गेट गरेर ‘लोन एप’ मार्फत ऋण दिने र ‘ब्ल्याकमेलिङ’ गर्दै रकम असुल्थे । त्यो सूचना चिनियाँ प्रहरीसम्म पुगेको थियो । चिनियाँ प्रहरीको अनुरोधमा नेपाल प्रहरीले त्यतिबेला ११२ जना चिनियाँ पक्राउ समेत गर्‍यो ।

तर, दावा भने शक्तिकेन्द्रको दबाबमा जोगिए । पछिल्लो समय उनको प्रहरीकै अधिकांश उच्च तहका अधिकारीसँग समेत सबन्ध विस्तार गरिसकेको खुलेको छ । प्रहरीका अनुसार, दावा समूहले पहिलो पटक २०७६ असोजमा समेत २९३ थान मोबाइलसहित ल्यापटप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याएका थिए ।

सुरुमा भन्सार कार्यालयले रोके पनि काठमाडौं बुढानीलकण्ठमा रहेको रोयल होटलले मगाएको भन्दै होटलको दर्ता प्रमाणपत्र र सामान मगाएको पत्र लिएर दावा आफैँ भन्सार कार्यालय पुगेका थिए । पछिल्लो समय उनी सुन तस्करीको नाइके भएको प्रहरीको दाबी छ ।

यसरी पुगे प्रहरीको थुनामा

विभिन्न अपराधमा सामेल भएपनि दावा प्रहरीको फन्दाबाट जोगिदै आएका थिए ।  २ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट ६१ किलो सुन बरामद गरेपछि भने दावाको अपराध कर्मको पर्दाफास भएको हो । 

सुन तस्करीमा उनको संलग्नता देखिएपछि उनी हाल प्रहरीको थुनामा पुगेका हुन् ।  विभागको टोलीले १३ साउनमा दावालाई ठमेलस्थित भियना होटलबाट पक्राउ गरेको हो । सन् २००० देखि उक्त होटल दावा आफँैले सञ्चालन गर्दै आएका थिए । 

सुन तस्करी प्रकरण जिल्ला अदालत काठमाडौं पुगेको छ । पक्राउ परेका दावा सहितका आरोपीको बयान भइरहेको छ । ३१ भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अदालत दर्ता गराएको थियो । 

त्योबाहेक दावा हाल सीआईबीले अनुसन्धान गरिरहेको गत पुसमा भित्रिएको ९ किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत दुबईबाट आएको उक्त सुन प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा हाल सीआइबीको थुनामा छन् । उक्त सुन प्रकरणबारे प्रहरी अझै अनुसन्धानकै चरणमा छ ।

सोमबार मात्रै सीआईबीले कृष्णबहादुर महराको समेत बयान लिएको छ ।  सुन तस्करीको अनुसन्धान गरेको प्रहरीले दावाले २०७४ पुस २० मा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट बंशजका आधारमा नागरिकता लिएको तथ्यसमेत खुलाएको छ ।

नागरितामा उनको काभ्रेको नमोबुद्ध–११ ठेगाना राखेका छन् ।  दावाले नागरिकता भने एक लाख रुपैयाँमा तिब्बती नागरिक जिम्बा दोर्जे लामाबाट किनेको बयान प्रहरीलाई दिएका छन् । दावा समूहले अवैध सुनको कारोबारबाट प्राप्त रकम क्रिप्टो करेन्सीमा लगानी गरेको प्रहरीको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement