site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हत्यामा संलग्न चार युवा पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

महेन्द्रनगर (कञ्चनपुर) । गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आईबीआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला पर्‍यो ।

शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त शव प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगायो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले लक्ष्मीको हत्यापछि माइतीघर नजिकै लगेर शव फाल्ने चार युवकलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–१ का १९ वर्षीय राहुल राना, २७ वर्षीय सरोज राना, लालझाडी गाउँपालिका–१ नौरंगाका ३३ वर्षीय सेनराज राना र सोही स्थानका ३३ वर्षीय पर्शु रानालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Royal Enfield Island Ad

अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले प्रारम्भिक अनुसन्धानबाट हत्या गरिएकी महिलालाई लालझाडी–१ स्थित जंगलमा रहेको मचानमा लगेर मादकपदार्थ सेवन गराई खसालेर हत्या गरेको देखिएको जानकारी दिए ।

“मचानको तेस्रो तलाबाट खसालेर घर्तीको हत्यापछि शव उनीहरुले नै माइतीघर नजिकै लगेर फालेको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “मचानबाट खसेपछि गम्भीर घाइते भएकी घर्तीलाई मोटरसाइकलमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

प्रहरीले चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले अभियुक्तलाई आइतबार पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro