site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रिगल डन’को कैद माफीविरुद्ध चेतनकी श्रीमतीले दिइन् सर्वोच्चमा रिट
रिगल भनिने योगराज ढकाल । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएका रिगल भनिने योगराज ढकाललाई दिएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

चेतनको हत्यामा अदालतबाट जन्मकैदको सजाय पाएका तरुण दलका तत्कालीन क्षेत्रीय सभापति रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो ।

कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेर सार्वजनिक कार्यक्रम गर्दै हिँडेका थिए ।

आफ्ना श्रीमान्का हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro