site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ (सन् २०२४)मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आयातमाथिको प्रतिबन्ध हटाएपछि र मौद्रिक नीतिको ‘सपोर्ट’ले औद्योगिक र सेवा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्व बैंकको आकलन छ ।

यस्तै, आर्थिक वर्ष २०८१/०८२ (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो नेपाल विकास अपडेट २०२३ मा चालु आवमा सबैभन्दा बढी सेवा क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत हुने उल्लेख छ ।

Dabur Nepal
NIC Asia

वास्तविकतर्फ उद्योग क्षेत्रको वृद्धिदर ३.२ र कृषि क्षेत्रको २.१ प्रतिशत वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

व्यापार घाटा जीडीपीको ३०.१ प्रतिशत हुने विश्व बैंकले जनाएको छ ।

नेपाल सरकारले चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ ।

दक्षिण एसियामा भारत एक नम्बरमा
विश्व बैंकका अनुसार यो वर्ष दक्षिण एसियामा ५.६ प्रतिशतको आर्थिक वृद्धिदर रहनेछ । यसमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर हुनेमा ६.३ प्रतिशतसहित भारत रहने विश्व बैंकले जनाएको छ ।

यस्तै, बंगलादेशको आर्थिक वृद्धिदर ५.६ प्रतिशत, माल्दिभ्सको ५.२, भुटानको ४, नेपालको ३.९ र दक्षिण एसियामा सबैभन्दा कम श्रीलंका र पाकिस्तानको १.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।

adf-1696320890.png

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro