site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
म्याग्दीका मुख्य सडक अवरुद्ध
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

बेनी । अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएको छ । गए रातिदेखिको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेको हो । बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४, फापरखेतको घुमाउनेभीर र मालिका गाउँपालिका–६ को बांगेपहिरोमा सडक अवरुद्ध भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, बेनी–जोमसोम सडकखण्डको रघुगंगा गाउँपालिका–२, बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२, नैनिबगर र वडा नम्बर–३ को गुइँठेलगायत क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार, वर्षा नरोकिएकाले पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुन सकेको छैन ।

Global Ime bank

बेनी–जोमसोम सडकखण्ड पहिरोले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ ।

सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीचबाटैमा रोकिएका छन् ।

पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement