site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

काठमाडौं । श्रम स्वीकृति लिएर लगातार एक वर्ष विदेशमा काम गरेर फर्किएकाले जुनसुकै प्रकारको र आकारको एउटा टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुनपर्ने विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

प्रवक्ता अम्बिकाप्रसाद खनालले एक विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजनमात्र भन्सार नतिरी ल्याउन पाउनेछन् ।

त्यसबाहेक अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको भन्सार तिर्नुपर्नेछ ।  मोबाइलको हकमा भने विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । 

श्रम स्वीकृति लिएर लगातार ६ महिना भन्दा बढी विदेशमा काम गरेर फर्किएका व्यक्तिले थप एक नयाँ फोन ल्याउन पाउनेछन् । तर भन्सार कार्यालयमा घोषणा भने गर्नुपर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्