अर्थ व्यवसाय
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सदस्यहरूले चक्रपथको अवलोकन गर्ने भएका छन् । सोमबार समितिको बैठकको निर्णय सुनाउँदै समितिका सभापति दिपकबहादुर सिंहले आगामी बुधबार दिउँसो १ बजे सदस्यहरू चक्रपथ अवलोकनमा जाने जानकारी दिए ।
“१७ गते समितिको बैठक बस्ने छ । त्यसपछि दिनको १ बजे चक्रपथको अवलोकन गर्न जाने निर्णय भएको छ,” सभापति सिंहले भने ।
सोमबार समितिका सदस्यहरूले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका थिए । आगामी बैठकमा संसद् भवन निर्माणको काम भएको ढिलाइबारे पनि छलफल हुने छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १६:५१
प्रतिक्रिया दिनुहोस्