site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाअघिको लयमा फर्कियो पर्यटक आगमन, ९८ प्रतिशत ‘रिकभर’
फाइल तस्बिर ।

काठमाडौं । कोरोनाको मारमा परेको पर्यटन क्षेत्र विस्तारै ‘रिकभर’को लयमा छ । नेपाल पर्यटन बोर्डको तथ्यांकानुसार गएको सेप्टेम्बरमा ९१ हजार १२ पर्यटक नेपाल भित्रिएका छन् ।

कोरोना सुरु हुनुअघि सन् २०१९ सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार पर्यटक आगमन ९८.२८ प्रतिशतले ‘रिकभर’ भएको हो ।

कोरोनाका कारण २०२० सेप्टेम्बरमा ५८४ पर्यटक मात्र नेपाल भित्रिएका थिए । २०२१ सेप्टेम्बरमा नौ हजार ९०७ पर्यटक नेपाल आएका थिए । २०२२ सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटक नेपाल भित्रिएका बोर्डले जनाएको छ ।

भारतीय पर्यटक सबैभन्दा धेरै
सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । बोर्डका अनुसार सो अवधिमा २८ हजार ६९४ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि चीनबाट आठ हजार १७४, अमेरिकाबाट सात हजार ३६४ पर्यटक नेपाल आएका छन् ।

बंगलादेशबाट तीन हजार ७१६, अस्ट्रेलियाबाट तीन हजार ६८५, बेलायतबाट तीन हजार ६४०, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट दुई हजार ८५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार ७३४ पर्यटक भित्रिएका बोर्डको तथ्यांक छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro