site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता : गृहमन्त्री
तस्बिर : रासस ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सहज ढंगले यातायात सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए । महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरू, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढे मात्र यातायात क्षेत्रको व्यवस्थापन गर्न सकिने उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले पछिल्ला १० वर्षमा सशस्त्र द्वन्द्वको समयमा भन्दा सडक दुर्घटनाका कारण बढी मानिसको मृत्यु भएको बताए ।

“हामीले सडक दुर्घटनाबाट धेरै ठूलो क्षति व्यहोर्नु परिरहेको छ । १० वर्षको सशस्त्र संघर्षका क्रममा मृत्युकै कोणबाट जति नेपाली दाजुभाइ दिदीबहिनीहरूको मृत्यु हुन पुग्यो, पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा वा त्योभन्दा बढी नै दुर्घटनाबाट मृत्यु भएको छ,” उनले भने ।

गृहमन्त्री श्रेष्ठले सार्वजनिक यातायात नबढाएसम्म सडकको स्थिति राम्रो भए पनि धान्न नसक्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro